सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते बुक क्लोज गर्दैछन् ।
सानिमा बैंक
यस बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर ४ गते आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुने गरी वार्षिक साधारणसभा बोलाएको छ ।
आशा लघुवित्त
यस कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर ७ गते काभ्रेपलाञ्चोकस्थित बनेपा–७ उग्रचण्डीमा दिउँसो ३ बजेदेखि शुरू हुने गरी वार्षिक साधारणसभा बोलाएको छ ।