प्रतिकित्ता ५६७ रुपैयाँमा स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार १४३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले आज कात्तिक २१ गतेदेखि शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर जो-कोही व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको छ । खरीदकर्ताले न्यूनतम १ हजार कित्ता र बढीमा १० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ तोकिएको छ ।
इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई मंसिर ५ गते दिउँसो २ बजेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।