प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर आजदेखि बिक्रीमा राखेको हो ।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । बैंकले हाल बिक्रीमा राखेको शेयरको संख्या भने खुलाएको छैन् । बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालमा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।