निजी व्यवसायसँगै सिटिजन लाइफमा पनि अघि बढ्दै एजेन्सी म्यानेजर जीवन चौधरी

राजन कठायत
२० कार्तिक २०८१, मंगलवार १८:०४

भनिन्छ, मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेका जीवन चौधरीले संघर्षको राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेका छन् ।

सायद अब उनलाई फेरि ती अफ्ठ्यारा घुम्तीहरूमा ठोकिन पर्नेछैन । ती अप्ठ्यारा घुम्तीहरू पार गर्न जीवनलाई सिटिजन लाइफ इन्स्योरेन्सले निकै ठूलो सहयोग गरेको छ । सानै उमेरदेखि लेखाई–पढाईमा अब्बल रहेका जीवन २०७७ साललेखि निरन्तर रुपले बीमा व्यवसायमा तल्लिन छन् ।

प्रत्येक मानिसले सफलता प्राप्त गर्न निरन्तर संघर्ष गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् मोरङका जीवन चौधरी । कानेपोखरी गाउँपालिका–२, मोरङमा जन्मिएका चौधरीले मोरङ, सुनसरी, झापा लगायतका ठाउँलाई आफ्नो कार्यथलो बनाएर अघि बढेका छन् ।

उनी सिटिजन लाइफ इन्स्योरेन्स दमक शाखा कार्यालयमा एजेन्सी म्यानेजरको रूपमा आवद्ध रहेका छन् । चौधरीले २०५७ सालमा नै मोरङ जिल्लाको शिक्षा विकास उच्च माध्यमिक विद्यालयमा एसएलसी उत्तीर्ण गरेका हुन् ।

 

२०७७ सालदेखि निरन्तर बीमा व्यवसायमा सक्रिय रहेका जीवनले आफूलाई उदाहरणीय र व्यवसायिक बीमा अभिकर्ताको रूपमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका छन् । आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका जीवनले गाउँ समाजका नागरिकहरुलाई वित्तीय क्षेत्रको ज्ञान र सहयोग दिदै आएका छन् ।

२०६० सालमा १२ कक्षा उतीर्ण गरेका जीवनले मोरङ जिल्लामा एलडब्लुएस नामक गैरसरकारी संस्थामा करिव पाँच वर्ष काम गरे । उक्त समयमा पनि जीवनले आफ्नो क्षमता र कामप्रतिको इमान्दारीताका कारण सफलतापूर्वक पाँच वर्ष विताए । माओवादी जनयुद्धको समयमा पनि निडर रहेर आफूले पाएको जिम्मेवारी बहन गरेको अनुभव सुनाउछन् उनी ।

विस्तारै दिनहरु बित्दै गएपछि उनले आफ्नै खुद्रा पसल सञ्चालन गर्ने निर्णय गरी व्यवसाय थालनी गरे । आफ्नै खुट्टामा उभिएर उद्यमी बनेका चौधरी वित्तीय क्षेत्रको राम्रो ज्ञान भएका र नम्र बोलीका व्यक्ति हुन् ।

विभिन्न जीवन बीमा कम्पनीका अभिकर्ताहरुले आफ्नो कम्पनीको अभिकर्ता बन्न आग्रह गरेको भएतापनि आफू इच्छुक नभएको उनी बताउँछन् । ‘मलाई सबैले अभिकर्ता बन्न भन्दै प्रस्ताव गर्दथे । तर म इच्छुक भएन् । एकदिन सिटिजन लाइफका दमक शाखा एजेन्सी राजकुमार धिमालसँग भेट भयो र उहाँकै सल्लाहमा मेरो बीमा यात्रा सुरु भएको थियो ।’

बीमा व्यवसाय सुरु गरेपछि चौधरीले लगातार सफलता प्राप्त गरिरहेका छन् । सिटिजन लाइफमा प्रवेश गरेको चार वर्षमा २ पटक सिल्भर क्लबमा समेत छनौंट हुन सफल भएका छन् । साथै, जीवनले सिटिजन लाइफको सिगांपुर भ्रमणमा समेत छनौंट भएर भ्रमण गरेको अनुभव जिन्दगीभरी सम्झिरहने बताए । परिवारको पूर्ण साथ सहयोग पाएका उनले व्यापार र बीमा व्यवसायमा उल्लेख्य प्रगति गर्न सफल भएका छन् ।

‘कुनै पनि काम गर्दा बाधा, अड्चन आईलागेका हुन्छन् । तर कामप्रतिको समर्पण, इमान्दारिता र लगावले एक दिन अवश्य सफलता हुन्छ ।’ जीवन बताउँछन् । उनले आफ्नो निजी व्यवसाय मात्र होइन सिटिजन लाइफ इन्स्योरेन्सको सक्रिय अभिकर्ता भएर कम्पनीको व्यवसाय वृद्धिमा पनि महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

वार्षिक २० देखि ३० जना मानिसको बीमा गरेर जीवनले उनीहरुको जीवन रक्षावरण गर्दै आएका छन् । उनले यो चार वर्षको दौरानमा १२० जनाभन्दा बढीको बीमा गर्न सफल भएका छन् ।  बीमा क्षेत्रमा प्रवेश गरेको चार वर्षको अवधिमा २५ जनाको सञ्चाल समेत बनाउन सफल भएका छन् चौधरी ।

आफ्नै किराना पसल सञ्चालन गरिरहेका चौधरीसँग गाउँ समाजका मानिसहरुसँग समधुर सम्बन्ध रहेको छ । जसले गर्दा उनलाई बीमा व्यवसायमा सफल बन्न निकै सहयोग पुगेको छ ।

व्यापार र बीमालाई सन्तुलन गर्न खप्पिस छन् चौधरी । ‘पहिला त्यति म परिचित थिएन् । मैले गरेको काम र इमान्दारीताका कारण हिजोआज गाउँ समाजका मानिसहरुले बोलाएर नै बीमा गराउने गरेका छन् ।’ उनले भने ।

‘जिन्दगीमा कैयौ काम गरियो । अहिले पनि आफ्नै व्यापार छ । आम्दानी पनि ठिकै छ । तर, बीमा व्यवसायले दिएको सन्तुष्टिले मनलाई झनै आनन्दित बनाएको छ ।’ उनले भने ‘नागरिकहरुलाई राम्रोसँग बुझाएर सम्झाएर बीमा प्रस्ताव राखियो भने सजिलै बीमा गराउन सकिन्छ ।’

समाजमा बीमा प्रति सकारात्मक धारणा बोकेका नागरिकलाई पनि छन् तर केही नकारात्मक धारणा भएका मानिसहरुले कहिलेकाहीँ भड्काउने कार्यले गर्दा अप्ठ्यारो हुने गरेको उनको अनुभव छ ।

कम्पनीले आफ्ना अभिकर्ताहरुलाई दिएको प्राथमिकता र विभिन्न तालिम, सम्मानले मख्ख छन् चौधरी । उनी भन्छन्, ‘धन्न सिटिजन लाइफ इन्स्योरेन्समा काम गर्न पाएको म धेरै खुशी छु ।’

मानिसको जीवनमा बीमाको धेरै नै महत्व भएको तर शिक्षा र चेतनाको अभावमा बीमा अझै गरिब र न्यून् आय भएका जनताको पहुँचमा पुग्न नसकेको उनको विचार छ ।

सरकारले बीमा सचेतनाका लागि काम गरेर नागरिकको जीवन बीमा र आर्थिक दायित्व प्रदान गरेर उनीहरूको जीवनको जोखिम रक्षावरण गर्नुपर्ने बताउँछन् । बीमा भन्ने चिज आवश्यकता परेको बखत गर्न नपाइने हुँदा आजै बीमा गरेर भविष्यमा आइपर्ने आपत्बाट बच्नुपर्ने आम नागरिकहरूलाई आग्रह गर्दछन् ।

 

‘सिटिजन लाइफ इन्स्योरेन्समा कैयौं बीमा पोलिसीहरु रहेका छन् । सबैका विशेषता फरक–फरक छन् । तर, ‘सिटिजन शुभारम्भ योजना’ र ‘सिटिजन जीवन सारथी’ बीमा योजना नागरिकको पहिलो रोजाई रहेको छ ।’

बीमा सचेतना फैलाउन अहोरत्र खटिएका चौधरीले भने, ‘अझ हाम्रो देशमा जीवन बीमाको मह्त्व र यस बारेमा विद्यालयको पाठ्यक्रममा पनि समावेश भए सुनमा सुगन्ध हुने छ।’

मोरङको कानेपोखरी गाउँपालिकामा सिटिजन लाइफ बाहेक अन्य बीमा कम्पनी भए पनि सिटिजन लाइफ इन्स्योरेन्सले एक अलग्गै छाप छोड्न सफ्ल भएको चौधरीको धारणा छ ।

उनले आफुलाई विश्वास गरी बीमा गरिदिने आम बीमितहरु, कम्पनी तथा आफ्नो घरपरिवारलाई विशेष धन्यवाद प्रकट गरेका छन् ।

मोरङ, सुनसरी र झापामा जीवन चौधरीले चलाएको बीमा सचेतना अभियानले हजारौं नागरिकहरूले बीमा तथा वित्तीय क्षेत्रको राम्रो ज्ञान प्राप्त गर्ने अवसर पाएका छन् ।

आउने दिनमा शिक्षक, स्वास्थ्यकर्मी तथा गाउँ समाजमा रहेका बुद्धिजीवि र जनप्रतिनिधिहरूलाई समेत समावेश गरि बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको चौधरी बताउँछन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*