नेप्सेमा लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
२० कार्तिक २०८१, मंगलवार १६:२८
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन भएको हो।
लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद शेयर मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य २१७.३३ रुपैयाँ कायम भएको छ ।
बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन गर्दा मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ५१३।२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।