राष्ट्र बैंकका उच्च तहका कर्मचारीले लापरवाहीका साथ गाडी चलाउदा मोटरसाइकल चालकको मृत्यु

२० कार्तिक २०८१, मंगलवार १५:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका एक उच्च तहका कर्मचारीको गाडीले उदयपुरमा एक जना मोटरसाइकल चालकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। तिहारमा परिवार लिएर लापरवाहीका साथ गाडी चलाउदा मोटरसाइकल चालकको मृत्यु भएको स्थानीयहरुको रहेको छ।

राष्ट्र बैंकको मानव संसाधन विभागका प्रमुखको भूमिकामा रहेका ती उच्च तहका कर्मचारीको गाडीले उदयपुरको बेल्टार बजार नजिकै पुल छेउमा प्रदेश १, १०५००१प ८८४९ नम्बरको मोटरसाइललाई ठक्कर दिदा चालक तिलक राईको मृत्यू भएको हो ।

मोटरसाइकलको पछाडी बस्ने शरण राईको अवस्था पनि गम्भीर रहेको बेल्टार प्रहरीका इन्स्पेक्टर बबिन राईले जानकारी दिएको छ ।

घाइते भएका राईकोे टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

सो स्थानमा सो गाडी कसले चलाएको थियो भन्ने शंकास्पद रहेको स्थानीयले बताएका छन् । घटनाको अवस्था हेर्दा सवारी साधन चलाउन राम्रोसँग नजान्ने वा मादक पदार्थ सेवन गरेका व्यक्तिले चलाएको जस्तो देखिएको स्थानीयले बताएका छन् ।

घटना कात्तिक १६ गते अपरान्हको हो । काठमाडौंबाट पूर्वतर्फ जादै गरेको बागमती प्रदेश ०२६च५०६२ नम्बरको हुण्डाई क्रेटा गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल भने बेल्टारबाट गाईघाटर्फ जादै गरेको थियो ।

सो गाडीमा नेपाल राष्ट्र बैंकका ती कर्मचारी र उनको परिवार सवार थियो । गाडी नेपाल राष्ट्र बैंककै नाममा छ । कार्यकारी निर्देशक घिमिरे राष्ट्र बैंकको गाडीमा परिवारै लिएर तिहार विदानमा रमाइलो मनाउन हिडेका थिए ।

सो स्थानमा सो गाडी कसले चलाएको थियो भन्ने शंकास्पद रहेको स्थानीयले बताएका छन् । घटनाको अवस्था हेर्दा सवारी साधन चलाउन राम्रोसँग नजान्ने वा मादक पदार्थ सेवन गरेका व्यक्तिले चलाएको जस्तो देखिएको स्थानीयले बताएका छन् ।

यद्यपि, सो गाडीमा सवारी चालक पनि रहेका थिए । प्रहरीले सवारी चालक बासुदेव सापकोटालाई नियन्त्रणमा लिएको छ । अहिले सवारी चालक र गाडी तथा मोटरसाइकल बेल्टार प्रहरीको नियन्त्रणमा रहेको इन्स्पेक्टर राईले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुलाई सवारी साधन र एक जना चालक सुविधा दिन्छ । चालकको तलब भनेर कार्यकारी निर्देशकहरुले आफैले पैसा लिएर चालकलाई दिने अपारदर्शी व्यवस्था छ भने कार्यकारी निर्देशकहरुले प्रयोग गरेको गाडी अवकास पाउँदा आफ्नो नाममा नामसारी गरेर लान पाउँछन् । गाडी खरिद, बीमा, मर्मतसंभार तथा इन्धन भने राष्ट्र बैंककै खर्चमा हुन्छ ।

कार्यकारी निर्देशक घिमिरे तिहार विदाको समयमा राष्ट्र बैंकले सुविधामा दिएको गाडी लिएर परिवारसहित विदा मनाउन निस्किएका थिए । उनी आजसम्म पनि कार्यालय गएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*