फर्किएन बजारमा लयः परिसूचक २६७७ बिन्दुमा हुँदा कारोबार खुम्चिदै ४ अर्बमा, अबको यात्रा कता ?

२० कार्तिक २०८१, मंगलवार १५:०७

काठमाडौँ । तिहारपछि खुलेको शेयर बजार केहि सामान्य अकंले घटेको छ । शेयर बजारलाई आवश्यक सूचक सबै सकारात्मक रहेको बेला बजार तिहारपछि उकालो यात्रा तय गर्ने अपेक्षा रहेपनि पहिलो दिनमै सामान्य अकंले घटेको हो ।

बैंकको ब्याजदर निरन्तर घटी रहेको, नियामक निकाय सबै सकारात्मक रहेको र बजारलाई बाधा गर्ने नीति विस्तारै फुकुवा हुँदै गएको हुँदा बजारले गति लिने विश्वास आम लगानीकर्ताको रहेको छ थियो । तर, तिहारपछिको पहिलो दिनमै बजार बढ्न सकेन् ।

यसदिन कारोबार रकम समेत केहि सुस्त बनेको छ । तिहारअघिको अन्तिम कारोबारको दिन करिब ६ अर्बको कारोबार भएको थियो । तर, तिहारपछिको पहिलो दिनमा भने कारोबार रकम ४ अर्बमा खुम्चिएको छ ।

लगानीकर्ताको मनोबल अझै माथि उठ्न नसक्दा बजार आज ओरालो लागेको जानकारहरु बताउँछन् । ठुला लगानीकर्ता अझै पर्ख र हेरको अवस्था हुँदा बजार केहि समय २६०० र २७०० परिसूचकमै रहने लगानीकर्ताहरुको आंकलन रहेको छ । चाडपर्व सकिएको हुँदा अब ठुला लगानीकर्ता प्रवेश गर्ने खोज्ने र सो समयमा बजार केहि करेक्सन देखिएपनि बजार माथि नै जाने विश्वास लगानीकर्ताको रहेको छ । सबै सूचक सकारात्मक रहेको बेला बजार बढ्नु बाहेक अन्य विकल्प नरहेको आंकलन हुन थालेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२१ अकंले घटेर २६७७.४० बिन्दुमा कायम भएको छ । आज ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोठ ५५ लाख ५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

मंगलबार ७ उपसूचकमा हरियाली लागेको छ । फाइनान्स समूहको ०.२० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८२ प्रतिशत, हाइड्रोपावर समूहको ०.७७ प्रतिशत र जीवन बीमा समूहको ०.३९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*