दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
२० कार्तिक २०८१, मंगलवार १५:०७
काठमाडौँ । तिहार पछिको पहिलो अर्थात मंगलबारका दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २६७७.४० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि ११३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा दुई वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सुपरमाई हाइड्रोपावर र समाज लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर, गुराँस लघुवित्त, रसुवागढी हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।