त्रिभुवन विश्वविद्यालयमा भोलि शोक बिदा

२० कार्तिक २०८१, मंगलवार १४:४२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा बुधबार अर्थात् कात्तिक २१ गते शोक बिदा दिइने भएको छ।

त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमबहादुर श्रेष्ठले मंगलबार सूचना निकालेर त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा बुधबार शोक बिदा दिने उल्लेख गरेका छन्।

सेवा आयोगका पूर्वअध्यक्ष शर्माको कात्तिक १६ गते निधन भएको थियो। शर्माको निधनमा त्रिवि केन्द्रीय कार्यालयलगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द रहने सूचनामा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*