स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको ४ वर्षे कार्यकाल कस्तो रह्यो ?

२० कार्तिक २०८१, मंगलवार १३:४५

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि र सेवा प्रदाय स्वास्थ्य संस्थाहरुको व्यवस्थापनसम्म गरेका उत्कृष्ट कामहरु सार्वजनिक गरेका हुन् ।

२०७७ सालमा कार्यकारी निर्देशक बनेका बसौलाको कार्यकाल मंसिर महिनाको २५ गतेदेखि समाप्त हुने भएको छ । उनले नागरिकहरुलाई सरल र सहज रुपले स्वास्थ्य सेवा दिन महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

कार्यकारी निर्देशक बसौलाले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली २०७५ बाहेक अन्य कुनै कानुनी दस्तावेज नभएको कारण कार्य गर्न कठिनाई भएको भएर स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाएका छन् ।

साथै, सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरु वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

नागरिकलाई सहज होस् भन्ने उदेश्यले डिजिटल कार्डहरु मार्फत पनि बीमितहरुलाई सेवा प्रदान गर्ने व्यवस्था गरिएको बसौलाँले बताए ।

यी हुन् कार्यकारी निर्देशक बसौलाले चार वर्षे कार्यकालमा गरेका कामहरु :

–स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ बाहेक अन्य कुनै कानुनी दस्तावेज नभएको कारण कार्य गर्न कठिनाई भएको थियो । मेरो कार्यकालमा स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाईएको ।

–स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा रणनीतिक मार्गचित्र (२०८१/०८२/२०८६/०८७) तयार गरि स्वीकृत गरिएको ।
–स्वास्थ्य बीमा ऐन, २०७४ ले निर्दिष्ट गरे बमोजिम स्वास्थ्य बीमा कार्यक्रम प्रदेश तथा स्थानीय स्तरबाट समेत सञ्चालन गर्ने उद्देश्यले कार्यविवरण सहितको प्रदेश ÷ स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने कार्यविधि स्वीकृत गराई हाल ४६० भन्दा बढी स्थानीय तहमा संयोजन समिति गठन र सञ्चालन गरिएको ।
–सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने गरिएको ।
–स्वास्थ्य बीमा बोर्डका निर्णयहरूलाई वेभ साईटमा प्रकाशित गर्ने कार्यको प्रारम्भ गरिएको ।
–हरेक वर्ष स्वास्थ्य बीमा बोर्डको नीति तथा तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको शुरुवात गरेको ।
–उनी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्ती हुँदाको बखत ५८ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएकोमा हाल ७७ जिल्लाको ७५३ स्थानीय तहमा सञ्चालन गरिएको ।
–स्वास्थ्य बीमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बीमा कोष बनाई, सो को सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भईरहेको ।
–हरेक वर्ष जिल्ला सम्पर्क कार्यालयहरूले गरेको कामको प्रगती समिक्षा तथा तालिम दिईने कार्यको प्रारम्भ गरिएको ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*