रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । रोयल इनफिल्डले अन्ततः आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले प्रदर्शन गरेको इलेक्ट्रिक मोटरसाइकलको नाम फ्लाइङ्ग फेला सि ६’ राखिएको हो ।
फ्लाइङ्ग फेला सि ६ एक विशेष ’फोर्ज्ड अल्युमिनियम’ फ्रेममा आधारित छ, जुन अगाडि ’गर्डर–स्टाइल फोर्क’ र पछाडि ’मोनोशॉक’ सस्पेन्सन प्रणालीद्वारा निलम्बित गरिएको छ । यसको ब्याट्रीलाई मैग्नेशियमले घेरिएको छ, जसले तातो कम गर्न र तौल घटाउन मद्दत पुर्याउँने जनाइएको छ ।
डिजाइनको हिसाबले यो मोटरसाइकल पुरानो शैलीको देखिन्छ, जसमा गोलाकार हेडलाइट, टियरड्रप–आकारको फ्याक्स फ्युल ट्याङ्क र एकल गोलाकार TFT इन्स्ट्रुमेन्ट कन्सोल समावेश गरिएको छ जसमा ब्लुटुथ कनेक्टिभिटी छ । यस मोटरसाइकलमा एक मात्र सिट छ, तर कम्पनीले प्यलियन सिट पनि विकल्पको रूपमा उपलब्ध गराउने बताएको छ ।
यी मोटरसाइकलहरु २०२६ मा बजारमा आउने अनुमान गरिएको छ ।