‘सिल्भर’ ब्राण्ड प्राप्त जनसचेतन सहकारीमा २ अर्ब २५ करोड हिनामिना, एमाले र समाजवादीका नेता संलग्न

२० कार्तिक २०८१, मंगलवार १२:०३

काठमाडौं । सत्ताधारी एमाले, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र केही प्राध्यापकहरूको मिलेमतोमा दोलखाका विभिन्न सहकारीको २ अर्ब ६४ करोडभन्दा बढी रकम हिनामिना भएको तथ्य बाहिर आएको छ । यो सहकारी हिनामिना प्रकरणको अनुसन्धान गर्ने निकायमा समेत स्वयं तिनै व्यक्तिहरू संलग्न भएको समेत खुल्न आएको छ ।

दक्षिण एसियाकै टप सहकारी भनेर सूचीकृत दोलखा बैतेश्वर गाउँपालिका-५ मा प्रधान कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका करिब ४० हजार बचतकर्ताको २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैयाँसहित अन्य सहकारीहरूको रकम अपचलन भएको तथ्य बाहिर आएको हो । सहकारी संस्थाहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त जनसचेतन सहकारीले बिना धितो ऋण प्रवाह गरेको तथा मिलेमतोमा नगद कारोबार गरेर जग्गा प्लटिङमा लगानी गरेको समेत भेटिएको छ ।

त्यति मात्र नभई धितोमा रहेका जग्गाको मूल्याङ्कन भन्दा १०० गुणा बढी ऋण प्रवाह गरेको तथ्यहरु बाहिर आएका छन् । जनसचेतनका अध्यक्ष हुन्, हेमन्त कुमार चौलागाईं । जो एमाले निकट मानिन्छन् । सहकारी सङ्घ बागमती प्रदेशका महासचिव समेत रहेका भीमप्रसाद दाहाल समेत जनसचेतनको हिनामिना प्रकरणका साझेदार हुन् । जो एकीकृत समाजवादी दोलखाको जिल्ला अध्यक्ष छन् । उनकै डिजाइनमा करिब ५० लाखको धितोमा आठ करोड रुपैयाँ ऋण प्रवाह भएको हो ।

यो हिनामिनामा सहयोग गर्ने गोपालधोज श्रेष्ठ नै छानविनमा संलग्न रहेको बताइन्छ । जो गोपालेश्वर क्याम्पसका पूर्व प्राध्यापक एवं एमालेका नेता हुन् । यस्तै, वुद्धिजीवि भनिउका नारायण दाहाल समेत यो हिनामिनालाई ढाकछोप गर्ने र मिलापत्र गराउने गतिविधिमा संलग्न छन् । अर्को सहकारीमा भएको हिनामिनामा पनि एमाले जिल्ला कमिटी सदस्य देवीप्रसाद फुयाल मुछिएका छन् । उनी प्रगतिशील बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएर काम विगारेका हुन् । जुन सहकारीमा तीन पटकसम्म चोरी भएको नाटक मञ्चन भएको थियो । यद्यपि, अनुसन्धान गर्ने निकायलाई अनुसन्धान गर्नबाट रोकिएको छ ।

उता, तामाकोशी-३ मा सञ्चालित सामरिक बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशकले समेत बचतकर्ताको रकम सहकारीको खातामा जम्मा नगरी प्रबन्धकको आफ्नै निजी खातामा जम्मा गरेको र करिब १ करोड ७ लाखभन्दा बढी हिनामिना गरेको संस्थामै कार्यरत कर्मचारीले बताएका छन् ।

उक्त सहकारीले पनि सामान्य धितोमा १०० गुणासम्म बढी ऋण लगानी गरेको भेटिएको छ । ती ऋणहरु उठ्ने वा फिर्ता हुने अवस्था नभएको बताइन्छ । बचतकर्ताले बचत फिर्ता पाइरहेको अवस्था छैन । उजुरी दर्ता गर्ने सहकारी डिभिजन कार्यालय, नगरपालिका तथा गाउँपालिकाको सहकारी विभागमा समेत उनीहरुले आफ्नै सेटिङका मान्छेहरु भर्ती गरेर राखेको अवस्था छ ।

जनसचेतनका अनेक काण्ड
जग्गा प्लटिङदेखि संस्थाभित्रको बेथिति सार्वजनिक हुने डरले जनसचेतन सहकारीका सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृत सीईओले स्थायी नियुक्तिका सवारी चालकलाई जागिरबाट निकालेका थिए ।

२०७९ चैत ५ गते बैतेश्वर-५ कै रामकाजी मिजारलाई जागिरबाट वर्खास्त गरेको चिठी काटिएकामा एक दिन पहिले ४ चैतमा सञ्चालक समितिको बैठक बसेको फर्जी माइन्युट गरेको भेटिएसँगै मिजारले श्रम अदालतबाट मुद्दा जितेर पुर्नवहाली भएका छन् ।

जनसचेतनको प्रमुख कार्यकारी अधिकृत सीईओ हुनुअघि काठमाडौंमा बेकामे भई डाङडाङ डुङडुङ गर्दै हिँडेको नवराज दाहाल अहिले पनि संस्था मै छन् । र, काठमाडौंलगायत शहरमा एटीएम मेसिन नै राख्ने हैसियत भएको सहकारीलाई उनले आफ्नो पारिवारिक अखडा बनाएका छन् ।

सहकारीमा स्थायी नियुक्तिको चालक हुँदा हुँदै संस्थाको गाडी मनोमानी हुइँकाएर खोलामा खसाल्ने शिव खतिवडा सीईओ नवराजका आफ्नै साला हुन् । एकताका शिवले चरिकोट गएकाबेला गाडी ठोक्काए । डेन्टिङपेन्टिङ चरिकोटमा गराएर बिल भने सीईओकै भिनाजुको मैनापोखरीस्थित ग्यारेजको पेश गरेको भेटिएको थियो ।

त्यति मात्र नभई सहकारी कै गाडी हुइँकाएर ठमेलको दोहोरी छिरेका नवराज र शिवले परस्त्रीलाई ब्याड’टच गरेको भन्दै काठमाडौंमा पिटाइ खाएका थिए । काभ्रेको नालामा जग्गा प्लटिङ गर्ने समूह पनि नवराज र शिव कै रहेको बताइन्छ । संस्थाको करोडौं रकम अपचलन गरेर उक्त प्लटिङ समेत उनीहरुले अलपत्र पारेका छन् ।

प्लटिङका लागि सीईओ नवराजले सहकारीबाट करोडौं पैसा झिकेका थिए भने यो समूहमा तत्कालीन कोषाध्यक्ष भरत केसी, पूर्व सह–सचिव नारायणप्रसाद दाहाल समेतको संलग्नता छ ।

3 thoughts on “‘सिल्भर’ ब्राण्ड प्राप्त जनसचेतन सहकारीमा २ अर्ब २५ करोड हिनामिना, एमाले र समाजवादीका नेता संलग्न

  1. हैन यो कस्तो सडकछाप प्रकार र पत्रकारिता हो? म जनसचेतनको ११0४४ स. न .को सदस्य हौ, ४० हज्जार सदस्यकै बचत सकिएको हो? मेरो त fix deposit मा पनि छ। २ करोड ६४ लाखको हिसाब कसरी थाहा भयो? गोपालेश्वर क्याम्पस भनेको कुन हो? प्रकृया र धितो विना पैसा निकालेको वा अपचलन गरेको छ भने र प्रमाण छ भने के भिमेश्वरमा चढाएको घण्ट बजाएर बसेको छस? कि अनि नबराजको बौद्धिक हैसियतमा दाज्दा खुट्टामा नसुहाउने शब्द डाङ्डाङ्डुङ्डुङ के लेखेको? दाहालको सहकारिमा लिनुदिनु, रिण, भाका नागेको केही छ? प्रमाण छन कि? भात खाने मेलो हो पत्रकारिता?

  2. केदार दाहाल says:

    याहा त मेरो कमेण्ट हटाइयो, स्कीन सर्ट गरेर अघिकै भाषामा सबै लेखेर फेरि हाल्छु। यो न्युज सहित।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*