भाइटीकामा दिदी बहिनीलाई बीमा पोलिसी दक्षिणा दिएर जीवनभर दिदीबहिनीलाई माया गरौँ

१८ कार्तिक २०८१, आईतवार ०७:३५

काठमाडौं । आज भाइटीका । बीमा क्षेत्रमा तिहारलाई भव्य रुपमा मनाउने संस्कृति विकास भइरहेको छ । पछिल्लो समय जीवन बीमा क्षेत्रमा भाइटीकालाई एउटा विशेष पर्वको रुपमा समेत लिने गरिएको छ ।

दिदी बहिनीहरुले भाइटीकामा आफ्ना दाजु भाइलाई यमराजबाट जोगाउने पुजाआजा र तेलको घेराले घेरेर राख्ने पर्व हो । भाइटीका । यही भाइटीकामा दाजु भाइहरुले आफ्ना दिदी बहिनीहरुलाई बीमा पोलिसी उपहार दिएर उनीहरुको भविष्य सुनिश्चित गर्ने प्रचलन बढ्दै गएको छ ।

दिदीभाइका बीच मा आगाध माया, प्रेम, सद्भाव तथा खुशी र उमंगको पर्वको रुपमा लिने तिहार मनाउने गरिन्छ । तिहार दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्व पनि हो ।

चेलीबेटीहरुले दाजु वा भाइ जो हुनुहुन्छ उसैसँग टीका लगाए पनि खास पर्व चाही दिदीले भाइलाई टीका लगाएर लगाउने बिषयसँग सम्बन्धित छ । चेलीबेटीहरुले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै कहिल्यै नसुक्ने तेलको धारा लगाई, पानीले छेकेर स्वास्थ्य लाभको कामना गरेर टीका लगाइन्छ । भनिन्छ दिदी बहिनीले दाजुभाइलाई कालका देवता यमराजबाट खोस्ने पर्व हो तिहार । कहिल्यै नसुक्ने दुवोको माला र कहिल्यै नसुक्ने तेलको धारा लगाएर यमराजलाई दुवोको माला र तेलको धारा नसुकुन्जेल लैजान नपाउने बाचा गराएको किंवदन्तीमा आधारित छ तिहार ।

यो विषेश पर्वमा जीवन बीमा पनि अब जोडिन पुगेको छ । भाइटीका लगाइसकेपछि दाजु भाइहरुले पनि आफ्नो क्षमता अनुसार दक्षिणा दिने चलन छ । दिदी बहिनीहरु बिहे गरेर गएपछि पनि सुरक्षित आर्थिक भविष्यको लागि बीमा निकै महत्वपूर्ण छ । दाजु भाईहरुले दिदीबहिनीलाई दान, दक्षिणा एवं विभिन्न खालका उपहार दिने परम्परा पनि रहेको पाईन्छ ।

प्रत्येक बर्ष आफनो तिहारमा भाइटीका लगाएर विभिन्न उपहारहरु दिइरहेका हुन्छौ । तर उपहार दिदाँ केही समय वा केही को लागि मात्र उक्त वस्तु उपयोग गर्न पाउने वस्तु हामी उपहार मार्फत दिइरहेको हुन्छौ ।

 

दिदी बहिनीहरुलाई तिहारमा भाइटीका लगाइसकेपछि के उपहार दिने त ? प्रश्न उठ्छ । त्यसैले यस महान पर्वको अवसरमा बीमा पोलिसी उपहार दिन सकिन्छ । आफ्नी आमासँगै जन्मेकी दिदी बहिनीको सुन्दर भविष्यको लागि वर्षभरिको कमाईबाट सानो रकमको बीमा पोलिसी खरिद गरेर उपहार स्वरुप दिन सकिन्छ । ती नगदी र जिन्सी उपहारको सट्टामा जीवन बीमा पोलिसी उपहार दिदाँ दाजुभाइ र दिदी बहिनी बीचको सम्बन्ध थप कसिलो र उत्तरदायित्वपूर्ण हुन जान्छ । फेरि प्रत्येक वर्ष तिहार मनाइरहने र बीमा पोलिसीको प्रिमियम समेत प्रत्येक वर्षमा भुक्तानी गर्दा समेत तिर्न सकिने भएकोले एकदमै व्यवहारिक र उपयुक्त बीमा पोलिसी हुनसक्दछ ।

गत वर्ष यसरी नै थुप्रै मनकारी दाजुभाइहरुले आफ्नी दिदी बहिनीहरुलाई बीमा पोलिसी उपहार दिएका थिए । यस वर्ष प्नि धेरैले यसरी नै बीमा पोलिसी उपहार दिँदैछन् । अब तपाईहरुले पनि बीमा पोलिसीलाई दिदी बहिनीलाई दक्षिणामा समावेश गर्न सक्नुहुनेछ ।

त्यसको लागि आफूलाई नजिक भएका बीमा अभिकर्ता वा चिनेजानेका बीमाअभिकर्ता वा सिधैं कम्पनीमा सम्पर्क गरेर जीवन बीमा गर्न सकिन्छ । जीवन बीमा गर्दा विश्वासिलो र दावी भुक्तानी दिन जालझेल र षडयन्त्र गर्ने कम्पनीमा पर्न सक्नेतर्फ भने सचेत हुनुपर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*