आज भाइटीका, ११ः३७ बजे शुभसाइत
१८ कार्तिक २०८१, आईतवार ०७:०९
काठमाडौं । यम पञ्चकको अन्तिम दिन आज भाइटीका लगाएर हर्सोल्लासपूर्वक दशैभरि तथा विदेशमा समेत नेपालीहरुले मनाउँदैछन् ।
नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा दिदी बहिनीहरुले दाजु भाइलाई भाइटीका लगाएर आज तिहार पर्व मनाउँदन् । भाइटीकाको अवसरमा सिंगो देश र नेपाली समुदाय पर्वमय भएको छ ।
यम पञ्चकको पाँचौं दिन आफ्ना दाजु भाइको दीर्घायुको कामना सहित तेलको धारा र दुवोले छेकेर भाइको पुजा गरेर भाइटीका लगाइन्छ । यमराजबाट जोगाउन दिदीले भाइलाई तेलको धाराले छेकेर सुस्वास्थ र दीर्घायुको कामना सहित भाइटीका लगाइन्छ ।
आजको लागि भाइटीकाको साइत विहान ११ः३७ बजेको लागि तोकिएको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज दिनैभरि पनि टीका लगाउन सकिन्छ । तर, साइत हेरेर लगाउनेहरुका लागि ११ः३७ बजे उत्तम साइत रहेको छ ।