युनिलिभर नेपालको लाभांश शेयरधनीको सम्बधित खातामा डिपोजिट
१६ कार्तिक २०८१, शुक्रबार १२:२७
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । कात्तिक १२ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले कात्तिक १२ गतेबाट नै लाभांश खातामा पठाउन सुरु गरेको हो ।
कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा १७१४ प्रतिशत नगद लाभांश ९कर सहित० जम्मा गरेको जनाएको छ । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।