८ लघुवित्तको लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन् ?

१६ कार्तिक २०८१, शुक्रबार ११:१८

काठमाडौं । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज –नेप्सेमा सूचीकृत रहेका ५० लघुवित्त संस्थाहरुमध्ये ८ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम रहेर लाभांश घोषणा गरेका हुन् ।

गत आर्थिक वर्ष २०८०।०८१ मुनाफाबाट हालसम्म फस्ट माइक्रोफाइनान्स, नेशनल लघुवित्त, सर्पोट, आरएसडीसी, गुराँस, स्वालम्वन, आशा र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् ।

फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

नेशनल लघुवित्त
नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सपोर्ट लघुवित्त
सपोर्ट लघुवित्तले १४.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

आशा लघुवित्त

आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशन नगद लाभांशसहित १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

आरएसडीसी लघुवित्त
आरएसडीसी लघुवित्तले पनि ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

गुराँस लघुवित्त
गुराँस लघुवित्तले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

स्वालम्वन लघुवित्त
स्वालम्वन लघुवित्तले पनि १४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५, आशा लघुवित्तले पनि १४.२५ प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

फरवार्ड लघुवित्त
फरवार्ड लघुवित्तले पनि १४ प्रतिशत लाभांश दिने भएको छ । यो वर्षका लागि कम्पनीले १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*