फाइनान्समा झुम्मिए लगानीकर्ता, जानकी फाइनान्सको सर्वाधिक कारोबार
२९ कार्तिक २०८१, बिहीबार १५:०५
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.४८ अंकले बढेर २७४८.३१ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य अंकले बढेसँगै कारोबार पनि बृद्धि भएको छ । बिहीबार जानकी फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ३५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साथै, ङादी ग्रूप पावरको ३१ करोड ६ लाख रुपैयाँ, समृद्धि फाइनान्सको २७ करोड ५८ लाख रुपैयाँ, नेपाल फाइनान्सको २१ करोड ६३ लाख रुपैयाँ र पिपल्स पावर कम्पनीको १९ करोड रुेपैयाँको शेयर कारोबार भएको छ ।