एटिएम सेवा नलिएकालाई पनि नबिल बैंकका खातावाला अकार्को नामको ओटिपी, सेवाग्राहीलाई सास्ती दिँदै

१४ कार्तिक २०८१, बुधबार १४:५९

काठमाडौं । नबिल बैंकले आफनो सेवाग्राहीमा आएको समस्याको गुनासो लिन केन्द्रिय कार्यालय जानुपर्ने भन्दै आफना खातावालालाई सास्ती दिएको खुलेको छ।

एटिएम नै नभएको सेवाग्राहीलाई पिन कोड पठाएर नबिल बैंकमा खबर गर्दा केन्द्रिय कार्यालयको काम हो भन्ने आश्य व्यक्त गरेका पाईएको छ।

बैंकमा चेक बुक र मोबाईल बैंकिङ्ग सेवा सुविधा मात्रै लिएको ग्राहकको एटिएम रिन्यूको म्यासेज पठाएर गुनासो सम्बन्धित शाखामा मात्रै गएको भन्दै सामान्य लिएको देखिएको छ।

कात्तिक १३ गते एक सेवाग्राहीको जिमेलमा एटिएमको पिनको ओटिपीको म्यासेज आएको कारण ती सेवाग्राहीले तत्काल समस्या समाधान गरिदिन आग्रह गर्छ ।

तर बैंकले सम्झना राई र ती सेवाग्राहीको एउटै इमेल आईडि परेको बाहानामा सामान्य घटना भएको त्यसको लागि आत्तिनु नपर्ने खबर दिन्छ ।

सेवाग्राहीलाई बैकका ती कर्मचारीले हजुर दुबैको एउटै जिमेल भएको कारण एक जनाको रिमुभ गनुपर्ने सल्लाह दिन्छ । ती सेवाग्राहीले बरु खाता नै पूर्ण रुपमा बन्द गरिदिन सल्लाह दिँदा पनि बैंकले गुनासोलाई हलुका रुपमा लिएको देखिन्छ ।

बैंकमा ती सेवाग्राहीले सम्बन्धित व्यक्तिलाई नै केन्द्रिय कार्यालयमा गएर सम्र्पक गर्न आग्रह गरेका छन् । बैंकलाई यी बिषयमा ती सेवाग्राहीले सम्पूर्ण जानकारी सोध्दा शाखामा हैन केन्द्रिय कार्यालयमा यी समस्याको समाधान हुन्छ भन्दै सास्ती दिएको भन्दै गुनासो गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*