सामलिङ्ग पावरको लकइन आजबाट सकिँदै

१५ कार्तिक २०८१, बिहीबार ०६:१०

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको ४२ लाख ८४ हजार ६०० कित्ता शेयरको लक इन आज कात्तिक १५ गतेबाट सकिँदैछ ।

कम्पनीका संस्थापकतर्फको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ५ लाख कित्ता र कर्मचारीहरूलाई बाँडफाँड गरिएको १४ हजार ६०० कित्ता शेयरको लकइन अवधि सकिने भएको हो ।

कम्पनीले २०७८ भदौ १८ देखि असोज १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा आईपीओ खुला गरी असोज २० गते बाँडफाँड गरेको थियो । त्यस्तै कात्तिक ४ देखि ८ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) मा आईपीओ खुला गरी कात्तिक १६ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा शेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ ।

साथै कम्पनीका संस्थापक शेयर सदस्यहरू मध्ये संचालक सदस्यमा कायम रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रही कार्यरत कर्मचारीहरूले भने आफ्नो नामको शेयर खरीदबिक्री गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*