सोल्टी होटलद्वारा लाभांश घोषणा, वार्षिक साधारणभसा पनि आह्वान

१४ कार्तिक २०८१, बुधबार १०:३०

काठमाडौं । सोल्टी होटल लिमिटेडले शेयरधनीहरूलाई २६.८४२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

होटलको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश पारित गर्न होटलले पुस ४ गते ५०औं वार्षिक साधराणसभा पनि बोलाएको छ । सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहानको ११ बजेबाट शुरू हुनेछ ।

सभा प्रयोजनार्थ होटलले मंसि १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसका आधारमा १२ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

soaltee hotel

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*