नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर
१३ कार्तिक २०८१, मंगलवार १४:३७
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि नै बाढी पहिरोको विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
विपद प्रतिकार्यका लागि खर्च गर्नका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहायता स्वीकृत यसअघि नै गरेको थियो ।
ऋण सम्झौतामा अर्थसचिव रामप्रसाद घिमिरे र विश्व बैंका तर्फबाट क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन् ।
केही समय पहिलेको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको हो ।