२०औं वर्षमा सांग्रिला डेभलपमेन्ट बैंकः वित्तीय सेवामा उत्कृष्टताको दुई दशकको यात्रा
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड नेपालको एक राष्ट्रिय स्तरको प्रमुख विकास बैंक हो, जसले यो वर्ष आफ्नो स्थापनाको १९औं वर्ष पार गर्दै २०औं वर्षमा प्रवेश गरेको छ । २०६१ सालमा स्थापना भएको बैंकले सेवा उत्कृष्टता र आर्थिक समृद्धिका लागि उल्लेखनीय योगदान गर्दै आइरहेको छ । सांग्रिलाले वित्तीय पहुँचलाई बिस्तार गर्दै जनताको विश्वास जित्न सफल भएको छ । स्थापना कालदेखि नै सांग्रिलाले स्थानीय समुदायदेखि राष्ट्रिय स्तरसम्म आफ्नो सेवा पुर्याउँदै ग्रामीण तथा शहरी क्षेत्रमा सन्तुलित आर्थिक सेवा उपलब्ध गराउन सफल भएको छ । बैंकले ग्राहकमैत्री उत्पादकहरूको विकास गर्दै देशभर ११२ शाखा र ३० एटीएमहरूको नेटवर्क मार्फत सेवा प्रदान गरिरहेको छ । वित्तीय प्रविधिमा नवीनता अपनाउँदै ग्राहकहरूको सुविधा र वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको यस बैंकले नेपालभर आर्थिक सेवाको सञ्जाललाई थप मजबुत बनाउने प्रतिबद्धता लिएको छ । बैंकले १९ वर्षको सफल यात्रामा आफ्नो पहिचान एक विश्वसनीय र सेवा उत्कृष्टता भएका वित्तीय संस्थाका रूपमा स्थापित गरेको छ । यो बैंकको मुख्यालय बालुवाटारमा रहेको छ । बैंकका उत्पादनहरू सधैं ग्राहक मैत्री रहेकाले यसले ग्राहकहरूको भरोसा जित्न र कम्पनीको उल्लेखनीय वृद्धि गर्न सफल भएको छ । वित्तीय आँकडा र विस्तार सांग्रिलाले ४.५ लाखभन्दा बढी ग्राहक ८२१ कर्मचारी र तीन अर्ब रुपैयाँको चुक्ता पूँजीसहितको सञ्जाल निर्माण गरेको छ । बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै नयाँ … Continue reading २०औं वर्षमा सांग्रिला डेभलपमेन्ट बैंकः वित्तीय सेवामा उत्कृष्टताको दुई दशकको यात्रा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed