तिहारको मुखमै सुनको नयाँ रेकर्डः मंगलबार हालसम्मकै उच्च मूल्य, प्रतितोला कति ?

१३ कार्तिक २०८१, मंगलवार १०:५३

काठमाडौँ । मंगलबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*