खराब कर्जा घटेसँगै ग्रामीण विकास लघुवित्तको नाफा ३० प्रतिशत वृद्धि
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छ । उक्त विवरण अुनसार गत वर्षको प्रथम त्रैमासको तुलनामा चालु आवको प्रथम त्रैमासमा खुद नाफा ३०.६० प्रतिशत वृृद्धि भएको हो ।
कम्पनीले चाुल आवको पहिलो त्रैमासमा ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा यस लघुवित्तले ६ करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गर्न सफल भएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २५ करोड ६८ लाख रुपैयाँबाट बढेर ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ । चालु आवको प्रथम त्रैमासम्म कम्पनीको कुल सञ्चालन आम्दानी ३५ करोड २६ लाख रुपैयाँ र सञ्चालन नाफा १५ करोड ४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन खर्च २२ करोड २२ लाख रुपैयाँ छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ५८ पैसाबाट बढेर ८ रुपैयाँ ९५ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ८८ पैसा छ भने मूल्य आम्दानी अनुपात २१.७६ गुणा छ । कम्पनीको खराब कर्जा ११.५ प्रतिशतबाट घटेर ४.७८ प्रतिशतमा कायम भएको छ खराब कर्जा घट्दा लघुवित्तको नाफामा टेवा पुगेको हो ।
चालु आवको प्रथम त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ११ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।