आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा स्थगित

१३ कार्तिक २०८१, मंगलवार ०९:०९

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा स्थगित भएको छ । कात्तिक १२ गते बोलाइएको सभा गणपुरक संख्या नपुगेपछि सभा स्थगित भएको कम्पनीले बताएको हो ।

कम्पनीले मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजेदेखि शुरू हुने गरी सभा डाकेको थियो । लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरिएको कम्पनीको सभामा गत आवका वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने एजेण्डा समावेश थिए ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको थियो । कम्पनीका अनुसार २२ प्रतिशत प्रोक्सी र १ प्रतिशत मात्र शेयरधनी उपस्थित भएका थिए । पुनः अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनी सचिवले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*