नेशनल लाइफको सुदूरपश्चिममा नयाँ कमिटी गठन, अध्यक्षमा चन्द
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रदेश कमिटी गठन भएको छ। शनिबार धनगढीमा सम्पन्न भेलाले राजेन्द्र बहादुर चन्दको अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो।
पेशागत बीमा अभिकर्ता संघ नेपालद्वारा आयोजित भेलामा सभापतित्व जय राज जैसीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा संघका केन्द्रीय उपाध्यक्ष दीपक अर्याल उपस्थित थिए। कार्यक्रमका विशिष्ट अतिथि नेशनल लाइफका सुदूरपश्चिम प्रदेश प्रमुख नवीनकिशोर भट्ट थिए भने अन्य अतिथिहरूमा पेशागत बीमा अभिकर्ता संघका सुदूरपश्चिम प्रदेश सचिव धनसिंह ठगुन्ना, सदस्यहरू सुशिला देउवा बम, पार्वती नेगी कार्की, बिमक समिति महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्ट, धनगढी शाखाका अध्यक्ष ईश्वर बहादुर चन्द र बिमक समिति केन्द्रीय सदस्य मञ्जु भट्ट थिए।
नवनिर्वाचित समितिमा अध्यक्षमा राजेन्द्र बहादुर चन्द चयन भएका छन् भने उपाध्यक्षहरूमा जीवन बहादुर बुढा, दुर्गा कुमारी शाह र भैरव भट्ट चयन भएका छन्। सचिव पदमा रतन चाड, सहसचिव पदमा खडक बहादुर खाती र बसन्ती चन्द तथा कोषाध्यक्षमा गीता मल्ल चयन भएका छन्। अन्य सदस्यहरूमा अञ्जु न्यौपाने, सान्त राज ठकुल्ला, सरिता थापा, नवराज अवस्थी र पर्शुराम चौधरी रहेका छन्।
कार्यक्रममा विभिन्न वक्ताहरूले पेशागत संगठनको महत्व र अभिकर्ताहरूको हकहितमा जोड दिएका थिए। स्वागत मन्तव्य प्रदेश सदस्य सुशिला देउवा बमले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र बहादुर चन्दले सबैको राय र सल्लाहअनुसार सुदूरपश्चिम प्रदेशमा संगठनलाई सुदृढ र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे। भेलापछि नवनिर्वाचित समितिलाई शपथ ग्रहण गराई माइन्युट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा ५ दर्जनभन्दा बढी अभिकर्ता समेतको उपस्थिति थियो ।
संघको संगठन विस्तार अभियानअन्तर्गत यसअघि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा भेला सम्पन्न भइसकेको छ भने गण्डकी र कर्णाली प्रदेशका भेला छिट्टै आयोजना गरिने जानकारी महासचिव शंकर लामिछानेले दिएका छन्।