फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य २७५ रुपैयाँ
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको २८ हजार ३०१ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर जो–कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरीद गर्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ । आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक खरीदकर्ताले आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई आज कात्तिक १३ गतेदेखि २७ गतेभित्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडमा बुझाउनु पर्नेछ । उक्त अवधिभित्र प्राप्त बोलपत्रहरू कात्तिक २८ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।