एमालेलाई मीनबहादुरको जग्गादान विरुद्धमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

१२ कार्तिक २०८१, सोमबार १७:५२

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न मागसहित हालेको रिटमा यस्तो आदेश भएको हो। यस विवादको निरूपणका लागि सर्वोच्चले एमाले र मीनबहादुरलाईसमेत छलफलका लागि झिकाएको छ ।

बस्तेनले दायर गरेको उक्त रिट सुरुमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर गत मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*