तीन महिनामा निर्जीवन लघुबीमाको व्यवसाय १८ करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

१२ कार्तिक २०८१, सोमबार १५:५३

काठमाडौँ । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१र०८२ को तीन महिनाको अवधीमा कुल १८ करोड ५६ लाख रुपौयाँको बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ५ करोड ५० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

साथै, चालु आर्थिक वर्षको असोज महिना सम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ६१ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ करोड २६ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ४ करोड १८ लाख रुपैयाँको व्यवसाय गरेको छन् ।

यता, असोज माहिनामा मात्र नेपाल माइक्रोले दुई करोड ३८ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले एक करोड ८० लाख रुपैयाँ, स्टार माइक्रोले एक करोड ८० लाख रुपैयाँ र ट्रस्ट माइक्रो एक करोड ६८ लाख रुपैयाँको व्यवसाय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*