निर्जीवन बीमा कम्पनीको व्यवसाय ९ % ले बढ्यो, बृद्धिदरमा नेपाल इन्स्योरेन्स र ओरियण्टल अगाडि (सूचीसहित)

१२ कार्तिक २०८१, सोमबार १५:२६

काठमाडौँ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय ९ प्रतिशतले बृद्धि गरेर १४ करोड ३६ लाख रुपैयाँ पुगाएको छ ।

त्यस्तै, बीमा शूल्क आर्जनको आधारमा दोस्रो रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ११ करोड ७१ लख लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि ९.९९ प्रतिशतले बढेको छ ।

बीमा दावी भुक्तानीलाई अवसरको रुपमा लिएर व्यवसाय गरिरहेको शिखर इन्स्योरेन्सको व्यवसाय ७.५६ प्रतिशतले बढेको छ । कम्पनीले असोज महिनासम्मको अवधिमा ११ करोड २० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

साथै, हिमालयन एभरेष्टले नौ करोड १८ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले नौ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले आठ करोड ९७ लाख रुपैयाँ, द ओरियन्टल इन्स्योरेन्सले आठ करोड ३७ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले सात करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

वृद्धिदरको आधारमा

असोज मसान्तसम्मको अवधिमा नेपाल इन्स्योरेन्सको व्यवसाय सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ । गत आवको तुलनामा कम्पनीको व्यवसाय ६३ प्रतिशतले बढेर तीन अर्ब ७५ करोड रुपैयाँबाट ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

साथै, द ओरियण्टल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले बढेको छ । व्यवसाय बढाउनमा ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ ।

तेस्रो नम्बरमा रहेको एनएलजी इन्स्योरेन्सले ११ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ९.९९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ९ प्रतिशत, शिखर इन्स्योरेन्सले ७.५२ प्रतिशतले कुल बीमा शुल्क आर्जन गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*