पहिलो त्रैमासमा अपि पावरको मुनाफा १८ करोड, आम्दानी र ईपीएससहितका वित्तीय सूचकमा सुधार

१२ कार्तिक २०८१, सोमबार ११:२५

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले आफ्ना वित्तीय सूचांकहरुमा उल्लेख्य सुधार गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४० लाख ४९ हजार रुपैयाँमा घाटामा रहेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८१.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २७ लाख ७५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च १ करोड ८४ लाख, बिक्री/वितरण खर्च ४ करोड २६ लाख , ह्रासकट्टी खर्च १० करोड ५६ लाख र वित्त खर्च १८ करोड ६८ लाख रुपैयाँ रहेको छ । पाँच अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड र कुल चालु दायित्व १ अर्ब ३२ करोड रुपेयाँ रहेको छ ।

असोज मसान्त सम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.५६ रुपैयाँले धनात्मक अवस्थामा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.८३ गुणा र तरलता अनुपात १।.२ प्रतिशत कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*