नेशनल लाइफ पेशागत बीमा अभिकर्ता संघको लुम्विनी प्रदेश अध्यक्षमा रबिलाल भण्डारी चयन

१२ कार्तिक २०८१, सोमबार ११:०९

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय समिति गठन भएको छ । पेशागत बीमा अभिकर्ता संघको लुम्बिनी प्रदेश स्तरीय भेला कार्तिक ११ गते दाङ्गको लमही बजारमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

उक्त भेलाले रविलाल भन्डारीको नेतृत्वमा २१ सदस्स्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिले यस क्षेत्रमा रहेका अभिकर्ता तथा बीमितहरुको हकहितमा काम गर्ने भएको छ ।

भेलालाई सम्पन्न पार्नका लागि छाता संगठनका उपाध्यक्ष्य बिमल न्यौपाने, बीमक नेशनल लाइफ अभिकर्ता संघका महासचिव शंकर लामिछाने, सहसचिव तारा नेपाल, सदस्यहरु चुडामणि सुबेदी र हरि बाह्रघरेको उपस्थिति रहेको थियो । साथै, भेलामा नेशनल लाइफ लमही शाखा प्रमुख रेशम पौडेलको समेत बिशिष्ट उपस्थिति रहेको थियो ।

उद्घाटन शत्रको सभापतित्व बीमक संघकी उपाध्यक्ष गंगा शर्मा पराजुलीले गरेकी थिइन् । यसका साथै, उद्घाटन सत्र तथा बन्द सत्र र निर्वाचन मण्डल जस्ता प्राबिधिक तरिकाबाट सम्पन्न प्रथम भेलामा उपस्थित अभिकर्ताले चाख पूर्बक हेरेको कुरा महासचिव शंकर लामिछानेले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*