आईएफआरएस सेभेन्टिन कार्यान्वयनले बीमा बजारलाई नयाँ स्वरुप दिनेमा विश्वस्त छुः अध्यक्ष सिलावल

११ कार्तिक २०८१, आईतवार १८:५१

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा बजारमा लागू हुन लागेको एनएफआरएस १७ ले बीमा बजारलाई नयाँ स्वरुप दिनेमा आफू विश्स्त रहेको बताएका छन् ।

विडाप्ट र सिफट फिक्स ग्लोबलले आज काठमाडौंमा आयोजना गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डस सोमीनारमा अध्यक्ष सिलवालले एनएफआरएस १७ ले नेपाली बीमा बजारलाई गहन रुपमा मापन गर्न सहज र पारदर्शी बनाउन कम्पनीहरुले उचित भेन्डर छनोटको बिषयमा पनि चनाखो हुन कम्पनीहरुलाई निर्देशन दिएका थिए ।

बीमा बजारको हाल भईरहेको अभ्यासमा फरकपन हुने विश्वास उनको छ । आईएफआरएस सेभेन्टिनले प्रावधानहरुले आर्थिक सूचांकको वास्तविक तथ्य र वित्तीय प्रतिवेदनलाई विश्वनीयता बनाउन भूमिका खेल्ने हुँदा यस्को महत्वको बिषयमा उनले कार्यक्रममा जानकारी दिए ।

बीमा कम्पनीहरुको वित्तिय जटिलतालाई बुझन एनएफआरएस १७ ले थप मद्धत गर्ने उनको बुझाई रहेको छ। यस सेमिनारले यस बिषयमा थप सहज गर्ने उनको विश्वास रहेको छ।

आइएफआरएस सेभेन्टिनको बुझाईपछि यस बिषय प्रभावकारी रुपमा लागू गर्न सहयोगी हुने हुँदा सबैको सहभागी आवश्यक रहेको उनले बताएका छन् । सम्मेलनमा बीमा कम्पनीका सिईओ कम्पनीका कर्मचारी र प्राधिकरण सहित ७० जनाको उपस्थिती रहेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*