विर्तामोडमा आईपीएसद्वारा सीइओ रावलको सम्झनामा शोकसभा

११ कार्तिक २०८१, आईतवार १८:४२

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी (सीईओ) श्रवण कुमार रावलको निधनमा इन्स्योरेन्स प्रोफेसेर सोसाइटी (आईपीएस) शोक कार्यक्रम आयोजना गरेका छ। आईपीएसको आयोजनामा आयोजित कार्यक्रममा शाखा कार्यालयका प्रमुख, कर्मचारी र सर्भेयरहरुले सहभागी भएर दिवंगत रावलप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

शोकसभामा आइपीएसका अध्यक्ष सन्तोष उप्रतीले उनको योगदान, इमान्दारिता र दूरदर्शी नेतृत्वको चर्चा गर्दै उनको निधनले कम्पनी र इन्स्योरेन्स क्षेत्रलाई गहिरो क्षति पुगेको जनाएका छन् । रावलले इन्स्योरेन्स क्षेत्रमा पुयाएको योगदान र कम्पनीको प्रगतिको मार्गमा खेलेको भूमिकाको स्मरण गर्दै उपस्थित सहभागीले उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रम संयोजक तथा संचालन हिमालयन एभरेष्ट इन्स्योरेन्स विर्तामोड शाखाका शाखा प्रमुख शुशील थापाले गरेका थिए ।

कार्यक्रममा सहभागी सर्भेयर तथा कर्मचारीहरुले पनि रावलको इमानदार नेतृत्व र कार्यप्रति सम्मान व्यक्त गरेका थिए । कम्पनीको मात्र नभइ समग्र इन्स्योरेन्स क्षेत्रमै शोकको वातावरण सिर्जना गरेको जनाउँदै शोकसभामा उनको आत्माको चिर शान्तिको कामना गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*