बजारमा ओरालो यात्राको निरन्तरताः परिसूचक र कारोबार खुम्चियो, किन बढ्न सकेन मार्केट ?

११ कार्तिक २०८१, आईतवार १५:०५

काठमाडौँ । यस साता पनि राताम्यले यात्राले निरन्तरता पाएको छ । गत साताको पछिल्लो दुई कारोबारमा घटेको बजार आज पनि ओरालो लागेको हो ।

हालै विभिन्न बैंक र वित्तीय संस्थाहरुले आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्, जसमा धेरै संस्थाले मुनाफा बढाएको देखिएको छ । तर, यस्तो प्रतिवेदनका बाबजुद शेयर बजार भने घट्दो क्रममा छ, जसले गर्दा आम लगानीकर्तामा अन्योलता थपिएको छ । यसबाट धेरै लगानीकर्ताले बजारको समग्र दिशाबारे फेरि विचार गर्नुपर्ने आवश्यकता महसुस गरेका छन् ।

लगानीकर्तामा मुख्य चिन्ता सरकारको अस्थिरता हो । सरकार परिवर्तन हुने हल्लाकाबीच सत्तापक्षका दलले सरकार नढल्ने गरी समझदारी गरे पनि लगानीकर्ता विश्वस्त हुन सकेका छैन । बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहे पनि अझै कर्जाको माग बढ्न सकेको छैन ।

ब्याजदरमा गिरावट आएको र लाभांश वितरणको सिजन सुरु भइसकेकोले पनि पुँजी बजारलाई समर्थन मिलिरहेको छ। तर ठूला र संस्थागत लगानीकर्ताले खरिदक्रम तीव्र नगरेसम्म बजारले गति लिन नसक्ने धेरैको धारणा छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अकंले बढेर २६१७.९५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोडरुपैयाँको शेयर कारोबार भएको हो ।

आज पाँच उपसूचकमा हरियाली आएको छ । यसदिन फाइनान्स समूहको १.११ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४७ प्रतिशत, जीवन बीमा समूहको १.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आइतबार ९१ कम्पनीको शेयर मूल्य बढेको हो भने १४१ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*