त्रिभुवन विमानस्थल ५ महिना रातको समयमा बन्द हुने, के हो कारण ?

११ कार्तिक २०८१, आईतवार १३:३२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातको समयमा उडान रोक्ने निर्णय भएको छ। धावनमार्ग विस्तार र अन्य संरचनाहरुको निर्माणका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा उडान बन्द गरिनेछ।

नागरिक उड्डयन प्राधिकरणले वायुसेवाहरुमा जारी सूचना अनुसार, रातको समयमा पार्किङ, ट्याक्सी वे, ह्याङ्गरजस्ता संरचनाहरु निर्माण गरिने भएकाले २०८१ कात्तिक २३ देखि चैत १८ सम्मका लागि उडान रोकिएको हो। यस अवधिमा प्राधिकरणले साढे ६ घण्टा ड्युटी समय कायम गर्दै तीन सिफ्टमा कर्मचारी खटाउने व्यवस्था मिलाएको छ।

प्राधिकरणले कर्मचारीलाई अतिरिक्त सुविधासहितको व्यवस्था गर्ने निर्णय गरेको छ। प्रधान कार्यालयबाट स्वीकृत रोस्टर अनुसार कर्मचारीलाई तीन सिफ्टमा खटाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*