मञ्जुश्री र प्रोगेशिभको नाफा सर्वाधिकः जानकीको लोभलाग्दो ग्रोथ, पाँच कम्पनी ऋणात्मक (सूचीसहित)

११ कार्तिक २०८१, आईतवार १२:१५

काठमाडौँ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिन थालेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विरण अनुसार फाइनान्सको वित्तीय सूचक मजबुध हुँदै गएको देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १५ फाइनान्स कम्पनीहरु मध्ये १४ वटाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । समृद्धि फाइनान्सले मात्रै हालसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

असोज मसान्तसम्म आइपुग्दा १४ फाइनान्स कम्पनीहरुले २० करोड २६ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा १४ फाइनान्स कम्पनी ५६ करोड ३० लाख ४५ हजार रुपैयाँ नोक्सानमा थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स रहेको छ । कम्पनीको नाफा १३.८३ प्रतिशतले बढेर ९ करोड ४२ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्मको अवधिमा धेरै नाफा कमाउने दोस्रो नम्बरमा प्रोगेशिभ फाइनान्स रहेको छ । कम्पनीको नाफा ८ करोड ९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ऋणात्मक रहेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा सर्वाधिक नाफा बढाउनेमा भने जानकी फाइनान्स रहेको छ । फाइनान्सले आफ्नो नाफा १५७३८ प्रतिशतले बढाएर ६ करोड ९० लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ४ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

साथै, आइसिएफसि फाइनान्सको ६ करोड ८८ करोड, सेन्ट्रल फाइनान्सको ४ करोड ९५ लाख रुपैयाँ, गुडबिल फाइनान्सको ४ करोड ९५ लाख रुपैयाँ, गोर्खास फाइनान्सको २ करोड ४२ लाख, मल्टी प्रपोज फाइनान्सको १ करोड ४७ लाख रुपैयाँ र श्रीइन्भेष्टमेन्ट फाइनान्सको ४१ लाख ५१ हजार रहेको छ ।

यसअवधिमा ५ फाइनान्स कम्पनी भने नोक्सानमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*