विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा धनुषामा प्रशिक्षण कार्यक्रम सञ्चालन

११ कार्तिक २०८१, आईतवार ११:४७

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले धनुषा जिल्लामा दुई दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ। प्रभु क्यापिटलले धनुषाको बिशहरा चोकस्थित मिथिला प्राविधिक कलेज र भानु चोकस्थित मोनाष्टिक कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई लक्षित गर्दै कात्तिक ८ र ९ गते तालिम सम्पन्न गरेको हो।

कार्यक्रममा करिब ९० जना सहभागीहरू उपस्थित थिए। प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षण प्रदान गरेका थिए। उनले पूँजी बजारमा लगानी गर्दा हुने प्रतिफल, जोखिम व्यवस्थापन, आधारभूत र प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु अघि ध्यान दिनुपर्ने कुराहरू, उपलब्ध लगानी उपकरणहरू र लगानी विविधीकरणको महत्त्वबारे प्रकाश पारे।

त्यसैगरी, झाले आस्बा, सिआस्बा, मेरो शेयर एपको प्रयोग, आईपीओ आवेदनको प्रक्रियामा सजगता, पोर्टफोलियो व्यवस्थापन र सामूहिक लगानी कोषको फाइदा तथा जोखिमका विषयमा पनि प्रशिक्षण दिएका थिए।

सहभागीहरूले तालिमलाई अत्यन्तै उपयोगी भन्दै यसले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, जोखिम व्यवस्थापन, पोर्टफोलियो विविधीकरण र प्रविधिको सही प्रयोगबारे जानकारी दिएको प्रतिक्रिया दिए। प्रभु क्यापिटलले शेयर बजार तथा पूँजी बजारमा सचेतना अभिवृद्धिका लागि समय–समयमा विभिन्न तालिम, वर्कसप र जनचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ।

विश्व लगानीकर्ता सप्ताह हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*