ग्लोबल आइएमई बैंकले पायो ‘बेष्ट बैंक अवार्ड’

११ कार्तिक २०८१, आईतवार ११:२८

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सन् २०२४ का लागि वर्ल्ड बेस्ट बैंक अवार्ड प्राप्त गर्दै नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ। यस सम्मानलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित मान्यता मानिएको ग्लोबल फाइनान्स म्यागाजिनले प्रदान गरेको हो।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शनिवार अमेरिकामा आयोजित एक विशेष समारोहमा अवार्ड ग्रहण गरेका छन्। ग्लोबल फाइनान्स म्यागजिनले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न विधामा अवार्ड वितरण गर्दै आएको छ, जसबाट उत्कृष्ट बैंकहरूको पहिचान गर्दै उच्चस्तरीय सेवामा योगदान पुर्‍याउने संस्थालाई सम्मानित गरिन्छ।

अवार्ड ग्रहण गर्दै बैंकका अध्यक्ष ढकालले भने, ‘यो उपलब्धि ग्लोबल आइएमई बैंक र नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रका लागि एउटा ठूलो पहिचान हो। यसले हामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गरेको छ।’

उनले बैंकको सेवामा निरन्तर सुधार र ग्राहकको आवश्यकता पूरा गर्न उच्चस्तरीय सेवा विस्तारमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि थप जिम्मेवारीका साथ सेवा प्रदान गरिने बताए।

बैंकले यो अवार्ड प्राप्त गर्नमा आफ्नो विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाको निरन्तर विकासलाई महत्वपूर्ण योगदानको रूपमा मानेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*