युनाईटेड अजोड इन्स्योरेन्समा डोरेन्द्र राज दाहाललाई निमित्त कार्यकारीको जिम्मेवारी

११ कार्तिक २०८१, आईतवार ११:२२

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी सहायक महाप्रबन्धक डोरेन्द्रराज दाहाललाई तोकिएको छ ।

हृदयघातका कारण युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावलको गत बिहिवार निधन भएपछि कम्पनीमा निमित्त कामु सिईओको जिम्मेवारी दिने दोस्रो तहका कर्मचारी नभएपछि तेस्रो तहका सबैभन्दा सिनियर कर्मचारीको रुपमा मार्केटिङ विभागमा कार्यरत सहायक महाप्रबन्धक दाहाललाई निमित्त कार्यकारीको जिम्मेवारी तोकिएको हो ।

कम्पनीले छिट्टै नयाँ सिईओ नियुक्ती गर्ने युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका एक सञ्चालकले बीमापोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*