शिखर नगरपालिका-११ मल्लीसातमा देउसी भैलो तथा देउडा खेलको विशेष कार्यक्रम आयोजना हुने

११ कार्तिक २०८१, आईतवार ११:०२

काठमाडौँ । डोटी जिल्ला शिखर नगरपालिका ११, मल्लीसातमा यस वर्षको शुभदीपावलीको अवसरमा परम्परागत देउसी भैलो तथा देउडा खेल कार्यक्रम आयोजना गरिने भएको छ। यस कार्यक्रमको आयोजना समाजसेवी, बुद्धिजीवी, राष्ट्रसेवक, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी, किसान, जनप्रतिनिधि, राजनीतिक दलका सदस्यलगायत सम्पूर्ण नागरिकलाई नेपाली संस्कृतिको जगेर्ना गर्दै परम्परागत रुपमा पर्व मनाउने हेतुले गरिएको हो।

गाउँभेलाले कात्तिक ८ गते बसेको बेंठकको निर्णय अनुसार कात्तिक १६ देखि १८ गतेसम्म देउसी भैलो तथा चर्चित देउडा खेल कार्यक्रम आयोजना हुनेछ। यस अवसरमा कार्यक्रमलाई सभ्य, भव्य र आकर्षक बनाउने उद्देश्यले जाँड, रक्सी, जुवातासलगायत अनुशासनहीन गतिविधि निषेध गरिएको छ।

चार किल्ला क्षेत्रमा गतिविधि निषेधः

-पूर्वः अन्नताले खोला
-पश्चिमः घट्टडा सेती नदी
-उत्तरः गोल्लेक
-दक्षिणः धाउगोडे

कात्तिक १५ देखि १९ सम्म दिउँसो ३ बजेपछि चार किल्ला क्षेत्रमा मदिरा बिक्री, सेवन तथा होहल्ला, जुवातास खेल्नेलाई जरिवाना तोकिएको छ। यस अवधिमा जाँडरक्सी सेवन गरी होहल्ला गर्नेहरूलाई ५ हजार रुपैयाँ र बिक्री गर्नेहरूलाई १० हजार जरिवाना गरिनेछ। साथै, जुवातास खेल्ने तथा खेलाउनेलाई जनही ५ हजार जरिवाना गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*