प्राइम कमर्सियल बैंकद्वारा ५% नगद लाभांश घोषणा

११ कार्तिक २०८१, आईतवार १०:१४

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव राज कुमार कार्कीले जानकारी दिएका छन् ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*