आइएमई लाइफको ब्लाक डाईमन ग्रुपद्वारा बागमती प्रदेश एजेन्सी मेनेजरलाई सम्मान

११ कार्तिक २०८१, आईतवार ०९:४२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गत ब्लाक डाईमन ग्रुपले बागमती प्रदेशका एजेन्सी मेनेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै एजेन्सी मेनेजर र एमडीआरटी २०२५ लाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कोटेश्वरको ए वान पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय स्तरका मोटिभेशनल प्रशिक्षक सन्तोष लामाले व्यवसायिक वृद्धि र व्यक्तिगत क्षमता विकासका लागि प्रशिक्षण दिएका थिए। आइएमई लाइफ इन्स्योरेन्सका चिफ रिस्क अफिसर सुदीप राणा प्रमुख अतिथि रहेका थिए । उनले सहभागीहरूलाई कम्पनीको भावी रणनीति र प्रगति विवरणबारे जानकारी गराएका थिए ।

विशिष्ट अतिथिहरू ट्रेनिङ हेड सुनिल आचार्य, माइक्रो हेड सुनिल अधिकारी, र बागमती प्रदेश हेड सी.पी. भट्टराईले एजेन्सी र बीमाको सम्बन्ध, जीवन बीमाको महत्त्व, र अभिकर्ताहरूको भविष्यबारे प्रेरणादायक विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा कम्पनीको पहिलो डबल एमडीआरटी मिना गुरुङ र हरी सिवाकोटीलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा एक सय पाँचभन्दा बढी एजेन्सी मेनेजर र टिम लिडरहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम ब्लाक डाईमन ग्रुपका अध्यक्ष एवं चिफ एजेन्सी मेनेजर नगेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*