मेट लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

११ कार्तिक २०८१, आईतवार ०८:४०

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाइने भएको छ ।

मेट लाइफ कम्पनीबाट जारी भएर व्यतित रहेका बीमालेखहरू नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने कम्पनीले घोषणा गरेको हो ।

जसअन्तर्गत पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरू नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*