आईजीआई प्रुडेन्सियलको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य २०५ रुपैयाँ

११ कार्तिक २०८१, आईतवार ०७:०९

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ निर्धारण गरिएको छ । सो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू मात्रै किन्न पाउँछन् ।
शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै उक्त म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधरणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*