चारवटा बाहेक सबै बीमा कम्पनीको शेयरमा गिरावट, कुनको मूल्य कति?

१० कार्तिक २०८१, शनिबार १२:००

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १८ दशमलव २८ अंकले घटेर २६२७ दशमलव १४ को विन्दुमा कायम भएको छ । नेप्सेमा गिरावट आएसँगै १२ उपसमूहहरूमा गिरावट देखिएको छ भने हाइड्रोपावर उपसमूहमा थोरै सुधार देखिएको छ ।

जीवन बीमा
बिहीबार जीवन बीमा उपसमूह ० दशमलव ५२ अंकले घटेको छ । जसकारण १२ सूचीकृत कम्पनीहरूमध्ये २ वटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने बाँकी १० वटा कम्पनीहरूको शेयरमूल्यमा गिरावट आएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १ दशमलव ६५ प्रतिशतले बढेर ६१६ रुपैयाँ पुगेको छ । दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरभाउ ० दशमलव ४३ प्रतिशतले बढेर ४४५ रुपैयाँ पुगेको छ ।

यता, सिटिजन लाइफको शेयरमूल्य सर्वाधिक १ दशमलव ४२ प्रतिशतले घटेर ६२५ रुपैयाँमा झरेको छ । त्यस्तै रिलायबल नेपाल लाइफको १ दशमलव ४१ र प्रभु महालक्ष्मीको १ दशमलव १९ प्रतिशतले शेयरभाउ घटेको छ ।

निर्जीवन बीमा
बिहीबार निर्जीवन बीमा उपसमूह ० दशमलव ५९ प्रतिशतले ओरालो लागेको छ । सूचीकृत १२ वटा निर्जीवन बीमा कम्पनीमध्ये २ वटा कम्पनीको शेयरमूल्य बढोत्तरी भएको छ भने १० वटाको शेयरभाउ घटेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको ३ दशमलव ०४ प्रतिशतले बढेर १ हजार ३५७ रुपैयाँ शेयरमूल्य पुगेको छ । त्यस्तै सानिमा जीआईसीको ० दशमलव १४ प्रतिशतले बढेर ६४२ रुपैयाँ १० पैसा पुगेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य १ दशमलव ५४ प्रतिशतले घटेर ६३८ रुपैयाँमा झरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सको १ दशमलव ४१ प्रतिशतले घटेर ८२० रुपैयाँ ३० पैसामा झरेको छ भने तस्रोमा प्रभु इन्स्योरेन्स लिमिटेडको १ दशमलव ३४ प्रतिशतले घटेर ९५५ रुपैयाँ शेयरभाउ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*