बाढीको कारण बीमा कम्पनीमा साढे ९ अर्बको दाबीः ३० करोडमध्ये शिखर एक्लैको साढे २१ करोड भुक्तानी

९ कार्तिक २०८१, शुक्रबार १५:३८

काठमाडौं । बीमा कम्पनीहरुले बाढी पहिरोले दाबीमध्ये ३० करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिकको पहिलो सातासम्ममा १४ कम्पनीमध्ये ११ वटा कम्पनीले २६१ वटा दाबीको भुक्तानी गरेका छन्।

बाढी पहिरो भएको भौतिक क्षतिमध्ये निर्जीवन बीमा कम्पनीहरुमा नौ अर्ब ५४ करोड रुपैयाँ दाबी परेको थियो ।

जसमा शिखर इन्स्योरेन्स एक्लैले २१ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ। शिखर इन्स्योरेनस कम्पनीकमा ९८ करोड ८१ लाख रुपैयाँको दाबी पेस भएको छ ।
दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ करोड १ लाख रुपैयाँ भुक्तानी भएको छ।

तेस्रोमा हिमालयन एभरेष्टले १ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ।

 

नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सबाट भने हालसम्म भुक्तानी भएको छैन ।
नेकोमा ४६ करोड ५० लाख रुपैयाँको दाबी पेस हुँदा नेपाल इन्स्योरेन्समा ३६ करोड २३ लाख, राष्ट्रिय बीमा कम्पनीमा २० करोड ६७ लाख, स्टार मइक्रोमा ३५ लाख, ट्रस्टमा १५ लाख, नेपाल माइक्रोमा ८ लाख र प्रोटेक्टिभमा २ लाख रुपैयाँको दाबी परेको छ ।

कम्पनीहरूमा परेको कुल तीन हजार ३०६ वटा दाबीमध्ये एक हजार ६३६ वटा सम्पति बीमाको दाबी परेको थियो ।

सम्पति बीमामा सात अर्ब ३१ करोड रुपैयाँ दाबी परेको थियो । इन्जिनियरिङग बीमामा २७५ दाबी बापत एक अर्ब ७४ करोड रुपैयाँ दाबी परेको थियो । मोटर बीमा (निजी) मा ८३५ वटा दाबी बापत २६ करोड ७७ लाख रुपैयाँ दाबी परेको थियो । मोटर बीमा (सार्वजनिक) मा ३३८ वटा दाबी बापत १६ करोड १२ लाख रुपैयाँ दाबी परेको थियो ।

सामुन्द्रिक बीमा बापत २५ वटा दाबी बराबर दुई करोड २८ लाख रुपैयाँ दाबी परेको थियो भने कृषि बालि बीमामा ५४ वटा दाबी बापत एक करोड १९ लाख रुपैयाँको दाबी परेको थियो । पशुपन्छी र विविधमा भने क्रमश एक करोड १२ लाख रुपैयाँ र ५५ लाख रुपैया दाबी परेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*