बीमा प्राधिकरणद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग

९ कार्तिक २०८१, शुक्रबार १५:१७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज सिंहदरबारमा एक करोड रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

नेपालमा केही साताअघि परेको अविरल वर्षाका कारण बाढीपहिरोले विभिन्न स्थानहरूमा धनजनको क्षति भएको थियो । बाढीपहिरोबाट पीडित व्यक्तिको उद्धार र राहतका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरिरहेका छन् । यसैबीच बीमा प्राधिकरणले पनि बाढीपहिरो पीडितहरूको राहतका लागि एक करोड रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*