नेपाल लाइफले नेपाल अपरच्यूनिटि फण्ड–१ मा साढे ३८ करोड लगानी गर्ने

९ कार्तिक २०८१, शुक्रबार १३:५६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल अपरच्यूनिटि फण्ड–१ मा ३८ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालित नेपाल अपरच्यूनिटि फण्ड–१ (प्राइभेट इक्विटि फण्ड) मा एक हजार रुपैयाँ प्रति इकाईका दरले ३ लाख ८५ हजार इकाई खरीदका लागि ३८ करोड ५० लाख रुपैयाँ लगानी लगानी गर्न उक्त कम्पनीसँग कात्तिक ८ गते सम्झौता भएको कम्पनीले जनाएको छ ।

यसका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइसकेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*