२५६ फिट उचाइ रहेको स्काईवाक टावरले वर्षदिनमा गर्यो साढे १२ करोडको व्यापार

९ कार्तिक २०८१, शुक्रबार १२:३५

काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको स्काईवाक टावरले वर्षदिनको अवधिमा १२ करोड ५० लाख रुपैयाँको उल्लेखनीय व्यापार गरेको छ। सन् २०१८ मा स्थापित वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको यो टावर गत वर्षदेखि सञ्चालनमा आएको हो।

एक वर्षको सफल यात्रामा यस टावरले ७८.०२ प्रतिशतको उच्च मुनाफा मार्जिन कायम गर्न सफल भएको छ, जसले कम्पनीको दिगो वित्तीय भविष्यको सकारात्मक संकेत गरेको छ। यो स्काईवाक टावरको उचाइ २५६ फिट रहेको छ। साहसी र रोमाञ्चक अनुभवको खोजीमा रहेका पर्यटकहरूलाई लक्षित गरी निर्माण गरिएको यस टावरले पारदर्शी गिलास फ्लोरिङ्गको आकर्षणले विशेष अनुभव प्रदान गरिरहेको छ।

वार्षिक ७ लाख २० हजारभन्दा बढी आगन्तुकहरूले यस टावरमा भ्रमण गर्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*